बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण गरे

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3916  पटक हेरिएको

इनरुवा। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय, सुनसरीको निरीक्षण भ्रमण गरेका छन्। जेष्ठ ११ गते सम्पन्न उक्त भ्रमणको क्रममा उहाँले कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्षको स्थलगत अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए।

निरीक्षणपश्चात प्रदेश प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित मातहत इकाइका प्रमुख र अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। उनले प्रहरी सेवा नागरिक मैत्री, पीडित मैत्री तथा सेवाग्राहीको हित केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्कीले प्रहरीको भूमिकाले नागरिकमा विश्वास जगाउन सक्नुपर्ने बताउँदै, भाईचारा, बन्धुत्व, अनुशासन र सकारात्मक सोचका साथ आर्थिक प्रलोभनबाट टाढा रही शून्य सहनशीलताको नीतिमा आधारित भएर व्यवसायिक प्रहरी सेवामा खटिन निर्देशन दिए।

त्यसैगरी, उनले दैनिक कामकाजलाई व्यवस्थित र अभिलेखिक बनाउन, जिम्मेवारी क्षेत्रहरूमा प्रहरी परिचालनमार्फत शान्ति सुरक्षामा ध्यान दिन र पेण्डिङ मुद्दाहरूको छिटो अनुसन्धान गर्न समेत निर्देशन दिए। साथै, भारतीय सीमाबाट हुने अवैध चोरी–निकासी र लागूऔषधको ओसार–पसार नियन्त्रणमा थप कडाइ गर्न आवश्यक रहेको उल्लेख गरे।

सवारी दुर्घटना न्यूनीकरणका लागि लापरवाही तथा मापसे नियन्त्रण, ट्राफिक चेकिङमा कडाइ, अज्ञानताका कारण हुने घटनामा कमी ल्याउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले बल दिए। वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि आवश्यक तयारीसहित उद्धार सामग्री तयारी अवस्थामा राख्न र तत्काल उद्धार गर्न सक्ने गरी टोली परिचालन गर्नुपर्ने पनि निर्देशन दिए।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जिल्लाको शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना, सुरक्षा चुनौतीहरू तथा प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षाहरू समेटेर प्रस्तुती दिएका थिए।

प्रकाशित मिति: २०२५-०५-२५ , समय : १६:३२:४९ , १ महिना अगाडि

error: Content is protected !!