बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

लागुऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ

आर्य न्युज 2265  पटक हेरिएको

मोरङ । मोरङ र झापाका विभिन्न स्थानहरूबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेष्ठ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङकै सुन्दरहरैँचा नगरपालिका–१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउनसुगर १ ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको हो।

त्यसैगरी, प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको टोलीले झापाको झापा गाउँपालिका–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

यसैबीच, लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मेचीनगर–७ ईटाभट्टाका २५ वर्षीय घनश्याम माझीलाई ब्राउनसुगर ७ सय ६० मिलिग्रामसहित पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : १३:४३:०२ , १ महिना अगाडि

error: Content is protected !!