बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

लागुऔषध गाँजासहित दुई महिलालाई पक्राउ

आर्य न्युज 2811  पटक हेरिएको

धनकुटा र उदयपुरमा लागूऔषध नियन्त्रणको अभियान चलाउँदै आएको प्रहरीले गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जेठ ८ गते साँगुरीगढी गाउँपालिका–६, भेडेटारमा चेकजाँचको क्रममा यात्रुबाहक ईभी गाडी (प्र.१–०२–००१ ज ४४८०) मा सवार लक्ष्मी राईलाई समातेको हो। सहिदभूमि गाउँपालिका–७ की २६ वर्षीया राईको साथबाट प्रहरीले ५१ किलोग्राम गाँजा बरामद गरेको छ।

त्यसैदिन, जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पनि लागूऔषध ओसारपसारमा संलग्न एक महिलालाई पक्राउ गर्न सफल भयो। त्रियुगा नगरपालिका–९ की ४१ वर्षीया शिवमाया लुङगेली मगरको साथबाट ८१० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीले लागूऔषध कारोबारमा संलग्नहरूमाथि निगरानी कडा बनाएको छ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : १३:३६:२२ , १ महिना अगाडि

error: Content is protected !!