बि.स. : २०८२ माघ २६, सोमबार

देशलाई समृद्ध बनाउन राजा चाहिन्छ:राप्रपा अध्यक्ष लिङ्देन

Desk 4026  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोही पनि डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्। यसका लागि मुलुकको वर्तमान शासनव्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने दोहोराएका छन्। देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए।

उनले स्वतन्त्रताको नाममा अभिभावक बिहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरेका छन्।

प्रकाशित मिति: २०२२-०७-२६ , समय : १७:१९:०९ , ४ वर्ष अगाडि

error: Content is protected !!