बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

एमसीसी र एसपीपीको बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक

Desk 3841  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर श्रावन १० गते। साना कम्युनिष्ट पार्टीहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। आन्दोलनका कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ गते मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेको नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष ऋषि कट्टेलले बताए।

उनले एसपीपीमा सहभागी नहुने पत्र नपठाएर वर्तमान गठबन्धनको सरकारले आत्मसमर्पण र राष्ट्रघात गरेको आरोप लगाए। मुलुकमा महङ्गी बढ्दा समेत कुनै चासो नदेखाएर सरकारले जनताप्रतिको संवेदनशिलता गुमाएको उनले बताए।पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले सरकार भ्रष्टचारमा डुवेका कारण अब सबै जनता मिलेर आन्दोलन गर्नुपर्ने धारणा राखे। उनले साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्दै जनताको जनजीविकाका पक्षमा आवाज उठाउने जिकिर गरे।

उनीहरूले पहिलो चरणको आन्दोलन सकिएपछि अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन्।

प्रकाशित मिति: २०२२-०७-२६ , समय : १६:५२:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!