बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देशभर आंशिकदेखि सामान्य बदली,यी स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना

Aarya News Desk 3249  पटक हेरिएको

देवानगञ्ज । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। जलवायुमा देखिएको यस प्रणालीको प्रभावस्वरूप अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिनभर देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भागका एक/दुई स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई भू-भागका केही स्थानहरू, विशेषतः मधेश र कोशी प्रदेशमा हावाहुरी चल्न सक्ने पूर्वानुमान पनि गरिएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। रातिको समयमा पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना कायमै रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले जनतालाई सुरक्षित रहन र मौसमको जानकारी लिन अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२५-०५-२० , समय : ०७:३२:४४ , २ महिना अगाडि

error: Content is protected !!