बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

इसरोको रकेट प्रक्षेपण असफल : तेस्रो चरणमा आएको गडबडीले मिसन अधुरो

Aarya News Desk 2876  पटक हेरिएको

देवानगञ्ज। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको पीएसएलवी–सी६१ रकेट मिसन असफल भएको छ।

इसरोका प्रमुख वी. नारायणनले जानकारी दिएअनुसार रकेटको तेस्रो चरणको अवधिमा गडबडी आएपछि मिशन अधुरो रहन पुगेको हो। इसरोले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत सार्वजनिक गर्दै भनिएको छ, “आज १०१ औं प्रक्षेपण प्रयास गरियो। दोस्रो चरणसम्म पीएसएलवी–सी६१ को प्रदर्शन सामान्य थियो, तर तेस्रो चरणमा समस्या आएपछि मिशन पूरा हुन सकेन।”

यो प्रक्षेपण अभियान अन्तर्गत ‘ईओएस–०९’ (पृथ्वी अवलोकन उपग्रह–०९) लाई सूर्य-सिंक्रोनस ध्रुवीय कक्ष (SSPO) मा स्थापन गर्ने लक्ष्य राखिएको थियो।

ईओएस–०९ उपग्रह इसरोको अघिल्लो उपग्रह ईओएस–०४ को दोहोरिने संस्करण हो। रिमोट सेन्सिङ क्षमताहरूलाई मजबुत बनाउन यो उपग्रह निर्माण गरिएको हो। यसले भारतको भू-प्रेक्षण तथा प्राकृतिक स्रोत व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो।

हाल असफलताको कारणको विस्तृत विश्लेषण इसरोको प्राविधिक टोलीले गरिरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : १४:०२:२२ , २ महिना अगाडि

error: Content is protected !!