बि.स. : २०८२ माघ २७, मंगलबार

लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

Aarya News Desk 4464  पटक हेरिएको

विराटनगर। झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–४ निवासी २६ वर्षीय संजोग लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको अर्काे प्रहरी टोलीले दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की भावना गुरुङलाई ४९० मिलिग्राम ब्राउन सुगर र नगद ३८ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: २०२५-०५-१८ , समय : १३:४९:४१ , ९ महिना अगाडि

error: Content is protected !!