बि.स. : २०८२ चैत्र २७, शनिबार

काठमाडौंको मखनटोलमा ग्यास लिक भएर आगलागी, एक महिलाको मृत्यु

Aarya News Desk 5293  पटक हेरिएको

काठमाडौं। काठमाडौं महानगरपालिका–२४ मखनटोलस्थित एक घरमा ग्यास लिक भएर भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ।

दयाराम श्रेष्ठको चारतले घरमा सोमबार साँझ ग्यास लिक हुँदा अचानक आगलागी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार आगलागीका कारण एक महिलाको मृत्यु भएको हो। हाल मृतकको सनाखत भने भइसकेको छैन।

“ग्यास लिक भएर आगलागी भएको पुष्टि भएको छ। आगो निभाउने प्रयास जारी छ र मृतक महिलाको शव फेला परेको छ,” प्रवक्ता बोहराले जानकारी दिए। प्रहरी र दमकल टोलीले आगो नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ।

आगलागीबाट घरको ठूलो भाग क्षतिग्रस्त भएको छ। घटनाको थप विवरण र क्षतिको सम्पूर्ण मूल्याङ्कन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०५-१४ , समय : ०९:४१:५४ , ११ महिना अगाडि

error: Content is protected !!