बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जमा कक्षा ८ उत्तीर्ण छात्रालाई प्रोत्साहन स्वरूप साइकल

राजीव कुशवाहा 6141  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कक्षा ८ उत्तीर्ण गरेका छात्राहरूलाई साइकल विवरण गरेका छन्।

“बेटी बचाउ, बेटी पढाउ” अभियान अन्तर्गत वडा कार्यालय देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ सहेबगञ्ज ले कक्षा ८ उत्तीर्ण गरेका ६३ जना छात्राहरूलाई प्रोत्साहन स्वरूप साइकल वितरण गरेका हुन।

सोमबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र वडा नम्बर ५ का वडा अध्यक्ष मनाेज कुमार मण्डलले संयुक्त रुपमा छात्राहरूलाई हस्तान्तरण गरेको हो। त्यसैगरी वडामा रहेका शाखा (बाल विकास) कर्मचारीहरुलाई साइकल हस्तान्तर गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सार्वजनिक रुपले हेर्दा यो कार्यक्रम उपलब्धी र जनसेवा मुलक कार्यक्रम रहेको बताउनुभयो। अगामी वर्ष यो कार्यक्रम सबै वडाहरूमा कार्यपालिका बाटै सञ्चालन गर्न प्रयास गर्ने आश्वासन दिनुभयो।

त्यसै गरी वडा अध्यक्ष मनोज कुमार मण्डलले साइकिल वितरण कार्यक्रम पार्टी र राजनीतिक विहिन कार्यक्रम रहेको दाबी गर्नुभयो। आफुहरु कुनै पार्टीका कार्यकर्तालाई नदिई कक्षा ८ उत्तीर्ण गरेका छात्राहरूलाई प्रोत्साहन गर्न साइकल उपलब्ध गराएको बताउनुभयो। निर्वाचित भए देखि छात्राहरूलाई साइकल वितरण गर्दै आएको तर यस वर्ष सोचेको उपलब्धी भएको उहाँले बताउनुभयो। गत वर्षहरूको तुलनामा यस वर्ष १०० प्रतिशत नतिजा आएको अध्यक्ष मण्डलले बताउनुभयो।

साइकल पाएका छात्राहरू खुसी हुदै अगामी दिनहरूमा अझै मेहनत गर्ने र राम्रो गर्ने बताए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, अभिभावक र राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-०५-०५ , समय : २०:४१:४५ , २ महिना अगाडि

error: Content is protected !!