बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपालमा मृत्युदण्डको प्रावधान आवश्यक छ : अभियन्ता अधिकारी

कोशी प्रदेश सम्वाददाता 1992  पटक हेरिएको

विराटनगर। नेपालमा राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना भएपछि मुलुकमा हत्या हिंसा अराजक बलात्कारका घटनाहरु घटिरहेका छन्।

मृत्युदण्डवादी अभियानका अभियन्ता राजेन्द्र प्रसाद अधिकारी ले पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभएको हो। पछिल्लो समय मुलुकमा नाबालिकाको बलात्कारौ र हत्या अपहरण र फिरोतीपछि हत्या करोडौ भन्दा माथिको भ्रष्टाचार जानी जानी हत्या गर्ने काम भएको र यसले आतङ्क फैलाएको हुँदा यस्तो अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ मृत्युदण्डको प्रवधान कानुनमा राख्न समेत माग गर्नुभएको छ।

मृत्युदण्डको प्रावधान भएमा अपराध गर्नेले अपराध गर्नुभन्दा अगाडि निकै सोच्ने थिए भन्नुहुँदै मुलुकलाई समृद्धिको बाटो तिर हिँडाउन अपराध बिनाको समाजको आवश्यक छ। तसर्थ मृत्युदण्डको प्रवधान राख्न आफूहरूले जन दबाब सिर्जना गर्ने बताउनुभयो।

प्रकाशित मिति: २०२५-०५-०१ , समय : १२:३४:५५ , २ महिना अगाडि

error: Content is protected !!