बि.स. : २०८२ माघ २७, मंगलबार

धनकुटाबाट चार सय २१ किलो गाँजासहित एउटा कार नियन्त्रण

Aarya News 3682  पटक हेरिएको

देवानगञ्ज । धनकुटामा सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाँउपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको चार सय २१ किलो गाँजा फेला परेको हो ।

कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति: २०२५-०४-३० , समय : ११:४८:०२ , १० महिना अगाडि

error: Content is protected !!