बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जबाट लागुऔषध गाँजा सहित तीन भारतीय नागरिक पक्राउ

Aarya News Desk 4406  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्जमा लागुऔषध गाँजा सहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार देवानगञ्ज गाउँपालिका वडा नम्बर २ यादव टोलबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगराबाट देवानगञ्जतर्फ आउँदै गरेको वि आर ३८ ए डी ४१३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ५०० ग्राम गाँजा बरामद भएको छ।

पक्राउ पर्नेहरूमा भारतको अररिया जिल्ला पत्राहा-१५ घुर्ना बजारका २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको छ।

प्रकाशित मिति: २०२५-०४-२५ , समय : १४:४३:४१ , २ महिना अगाडि

error: Content is protected !!