बि.स. : २०८२ चैत्र २७, शनिबार

सप्ताकोशीमा नुहाउने क्रममा डुवेर दुई जना बेपत्ता

Aarya News Desk 4518  पटक हेरिएको

देवानगञ्ज । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुवेर साेमबार बिहान दुई जना बेपत्ता भएका छन्। उनीहरूकाे खाेजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य बैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ ।

घटना पछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतरा बाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति: २०२५-०४-२१ , समय : १२:५४:२९ , १२ महिना अगाडि

error: Content is protected !!