
देवानगञ्ज। सुनसरीको देवानगञ्जमा गोली चल्दा तिन जना घाइते भएका छन्।
सोमबार साँझ देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोलदेखि पुर्व रा.सी जाने बाटोमा गोली चलेका हुन् । उक्त घटनामा १ जना गम्भीर घाइते भएकाे छ भने दुई जना समान्य घाईते भएका छन ।
घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव साेही वडा बस्ने विनाेद यादवकाे छाेरा वर्ष १८ काे पिन्टु यादव र वडा न-७ बस्ने अगरजित मेहतका छाेरा अन्दाजी २१ वर्षका शिवकुमार मेहता ( शिव ) रहेका छन्। पेटमा गाली लागेका शिवकुमार मेहतालाई उपचारका विराटनगर नाेवेल अस्पताल पठाइएको स्थानीयले बताउनुभयाे।
घाईतेहरूका अनुसार गोली प्रहार गर्नेहरूमा कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव तथा भारतीय नागरिक राजा पासवान रहेका छन्। ती तीनै जना गोली प्रहारपछि घटनास्थलबाट फरार भएको बताइएको छ।
गोली हान्ने कारण खुल्न नसके पनि पुरानो रिसइबीको आधारमा घटनामा योजना अनुसार आक्रमण भएको हुन सक्ने अनुमान गरिएकाे छ। घटनाको थप अनुसन्धान भइरहेको छ भने फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-०४-१४ , समय : २०:४८:३४ , ३ महिना अगाडि