बि.स. : २०८२ चैत्र २७, शनिबार

कुशवाहा समाजले मनाए मौलिक पर्व सतुवाइन

Aarya News Desk 8677  पटक हेरिएको

देवानगञ्ज । कुशवाहा समाजले देवानगञ्ज गाउँपालिकामा सतुवाइन कार्यक्रम मनाएको छ। सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ समाजले सतुवाइन मनाएको छ। सतुवाइन पर्व कुशवाहा जातिको मौलिक पर्व हो।

शनिबार नेपाल कुशवाहा कल्याण समाज पालिका कार्य समिति देवानगञ्जले सतुवाइन तथा नव २०८२ को शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरि उपस्थिति सम्पुर्णलाई सातु खुवाएर भव्यका साथ सम्पन्न गरेको थियो ।

यो पर्व नव वर्ष आगमनको एक दिन अगाडि कुशवाहा जाति लगायत मिथिला र छिमेकी देश भारतमा पनि मनाइन्छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सीताराम मेहताले नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । मेहताले पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ । नव वर्षका एक दिन अगाडि कुल देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । चढाइएको सातु परिवारका सम्पूर्ण सदस्यले अनिवार्य रुपमा सातु खाने गरिन्छ। यस दिन सातुको प्रमुखता रहेकाले यस पर्वलाई ‘सतुवाइन’ भनिएको प्रमुख अतिथि मेहताले बताउनुभयो ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ समाजले सतुवाइन मनाएको छ।  सतुवाइन पर्व कुशवाहा जातिको मौलिक पर्व रहेको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता बताउनुभयो । अध्यक्ष मेहताले यस किसिमको संस्कार तथा संस्कृत उजागर गर्ने कार्यक्रममा हामी सहयोग गर्ने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा डा. उपेन्द्र मेहता, डा. राजकुमार मेहता, विशेषर मेहता, कृष्ण बल्ब मेहता, किसुनदेव मेहता, राजेश्वर मेहता, २ नम्बरका वडा अध्यक्ष जग नारायण मेहता, ४ नम्बरका वडा अध्यक्ष सुशील मेहता, ६ नम्बरका वडा अध्यक्ष हरिनन्दन मेहता,  शिव शंकर मेहता, राजु मेहता लगायतले सतुवाइन तथा नब वर्षको २०८२ शुभकामना दिदै समाजमा लोप हुन लागेको धार्मिक, सांस्कृतिक, भेषभुषा र परम्परालाई यस्ता कार्यक्रमले जोगाउनमा मद्दत पुर्‍याउने छ। आगामी दिनहरूमा समाजमा बढ्दो विकृतिलाई रोक्न समाजको लागि चुनौती रहेकोले सबैले हातेमालो गरि एकजुट भई लड्नुपर्ने कुरामा जोड्नुभएको थियो।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : २२:१५:०८ , १२ महिना अगाडि

error: Content is protected !!