बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

महिलाहरुलाई नौमति पञ्चे बाजा बनाउने तालिम

कोशी प्रदेश सम्वाददाता 3244  पटक हेरिएको

विराटनगर। नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ ।

नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का वडा अध्यक्ष राम पोखरेल ,कार्यपालिका तारा कुमारी राय ,वडा सदस्य भुवनेस्वर राजवंशी वडा न ८ का वडा सचिव मनोज मल्लिक , वडा सदस्य पवित्रा गजमेर समाजसेवी राजन भण्डारी ,समाजसेवी राजेन्द्र थापा राष्ट्रिय उपभोक्ता मन्च मोरङ , समृद्धि नेपालका पदाघिकारी लगायतको उपस्थिती रहेको थियो ।

पेशागत रुपमा आत्मनिर्भर बनाएर नेपालको मौलिक सस्कार र सस्कृतिलाई जर्गेना गर्नको लागी सिपमुलक तालिमले थप रुपमा महिलाहरुको क्षमता , दक्षता र आर्थिक रुपमा सवल बनाउनको लागी बिशेषगरि नौमति बाजा बनाउने तालिमबाट विगतको समयमा महिलाको संङख्या उल्लेखनिय वृद्धि भएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो छ् ।

बिवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको दमाह, झ्याम्टा, सनाइ, ढोलक, ट्याम्को, नरहिङ्हा जस्ता ९ वटा बाजाहरुलाई एकैसाथ बजाउने नौमति बाजा लोभ हुँदै गएको र यसको संरक्षणका लागि महिला दिदि बहिनीलाई आत्मनिभर भएर आर्थिक उपार्जनका लागी अग्रसर हुन तालिम प्रदान गरिएको वडा अध्यक्ष राम पोखरेलले बताउनुभयो । आगामी समयमा पनी वडा भित्रका नागरिकलाई सिपमुलक तालिमका लागी वडाले थप कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०४-०९ , समय : १९:२६:१८ , ३ महिना अगाडि

error: Content is protected !!