
विराटनगर। मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृ*त्यु भएको छ ।
रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा शुक्रबार राति १०ः१० बजेतिर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकै श्रीमती अन्दाजी ३५ वर्षीया वामनी हेमरामको मृ*त्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-०५ , समय : १७:२३:४३ , ३ महिना अगाडि