बि.स. : २०८२ चैत्र १९, शुक्रबार

रुपन्देहीमा ३० हजार घुस रकमसहित एक प्रहरी पक्राउ

Aarya News Desk 6261  पटक हेरिएको

रुपन्देही । रुपन्देहीमा ३० हजार घुस रकमसहित एक प्रहरी पक्राउ परेका छन्। प्रहरी चौकी हाटी बनगाई दुर्गौलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का घुससहित पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार उनलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो। खड्काले भारतबाट दुर्गौलिया नाकाहुँदै अवैध रूपमा भन्सार छलेर लिएका घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिएको उजुरी परेको थियो।

सोही सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले मायादेवी गाउँपालिका-६ रुपन्देहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।

प्रकाशित मिति: २०२५-०३-२७ , समय : २१:५१:३० , १ वर्ष अगाडि

error: Content is protected !!