बि.स. : २०८२ चैत्र २७, शनिबार

धनुषामा प्रहरीको गोली लागि एक जना घाइते! अवस्था तनावग्रस्त

शम्भु पण्डित/मधेस प्रदेश 4360  पटक हेरिएको

जनकपुरधाम । धनुषामा चोकको नाम राख्ने विषयमा उत्पन्न विवाद सोमबार समेत उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित रहेको भैरव चौक (सम्बोधन) लाई हटाएर एक समुदायले जबरदस्ती यादवचोक राख्न खोजेपछि उत्पन्न विवादले अवस्था तनावग्रस्त बनेको छ ।

भठिहनस्थित बलपूर्वक यादवचोकको बोर्ड लगाउन थालेपछि उत्पन्न भएको विवादको क्रममा केही युवकहरुले प्रहरीमाथि ईट, ढुँगा बर्षाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि गोली चलाएको हो् ।

घाइते हुनेमा शहीद नगर नगरपालिकाका वडा नम्बर १ कुम्भकरणका सँतोष यादव नामक युवक रहेका छन् । कुम्भकरण भठिहन चोकबाट दुरीमा रहेका छन् । उनको उपचार जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यादव पक्षले विरोधीको घरमाथि ठुङ्गामुढा गर्न थालेपछि प्रहरीले विवाद सम्य पार्न खोज्दा उनीहरु उग्रभई प्रहरीमाथिनै आक्रामक भएपछि प्रहरीले आत्मरक्षामा गोली चलाएको प्रहरीले जनाएको छ ।

आज भएको सो विवादमा प्रहरी समेत घाइते भएको प्रहरीको दावी छ ।

जानकारी अनुसार, उनीहरुले स्थानीय केही किसानको खेतमा पेट्रोल छर्केर खेसारी बालीमा आगो समेत लगाएको हो । अहिले मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २०२५-०३-१७ , समय : १६:१६:३८ , १ वर्ष अगाडि

error: Content is protected !!