बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाल-भारत सिमा सुरक्षाकर्मीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरे

जुगेश दास/देवानगञ्ज 10758  पटक हेरिएको

सुनसरी। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित दशगज्जा सीमा नाकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

शस्त्र प्रहरी बल, कप्तानगञ्जका प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालको सक्रियतामा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारततर्फ लैजाँदै गरिएको ५० केजी गाँजा बरामद भएको हो। शस्त्र प्रहरीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर अनुसन्धान गर्न खोज्दा तस्करहरू गाडी छोडेर फरार भएका थिए।

नेपाल–भारत सीमामा रहेका शस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (SSB) का सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सो मोटरसाइकललाई शंका लागेपछि जाँच गरेको थियो। त्यस क्रममा ५० केजी गाँजा शस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ भने थप ७५ केजी गाँजा भारतीय सीमा सुरक्षा बलले बरामद गरेको छ।

हाल फरार रहेका तस्करहरूको पहिचान तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा लागुऔषध तस्करी रोक्न सुरक्षा निकायहरूले निगरानी अझै कडा बनाउने प्रतिबद्धता जनाएकाछन्।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : २१:०१:४० , ५ महिना अगाडि

error: Content is protected !!