बि.स. : २०८२ माघ २६, सोमबार

स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्यो

Aarya News 9229  पटक हेरिएको

देवानगञ्ज। स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुन बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९८० तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएकोमा आज प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : १४:२५:११ , १ वर्ष अगाडि

error: Content is protected !!