बि.स. : २०८२ चैत्र २७, शनिबार

अर्थतन्त्र सुदृढ र जनतालाई समृद्ध बनाउन अध्यादेश ल्याइएको – नेका उपसभापति खड्का

कोशी प्रदेश सम्वाददाता 3012  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ र जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताउनु भएको छ।

आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकारको समबन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनतालाई सहज आपूर्ति व्यवस्था,उनीहरुको हित, मुलुकमा लगानी भित्राउन, विदेशमा सूचना प्रविधिको कम्पनि स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नु अध्यादेशको मुख्य उद्देश्य रहेको जानकारी दिनु भयो ।

पूर्व उपप्रधानमन्त्री खड्काले दुई÷दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न ,मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेस र एमाले बीच विस २०५१ पछि पनि देश जनता,मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराउनु भयो । उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका १८÷२० ऐनहरु संसदका समितिमा गएको जानकारी दिनु भयो ।

उहाँले उपभोक्ता संरक्षण ऐनमा काला वजारी नियन्त्रण सम्बन्धी व्यवस्था रहेको छ भन्दै थप केही थप्नु परेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो। प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतालाई गुणस्तरीय एवं तोकिएको मूल्यमा उपभोग्य सामाग्रीको सहज आपूर्तिको व्यवस्था गर्नु पर्ने सुझाव दिनुभयो ।

उहाँले प्रदेशको मेरुदण्डको रुपमा रहेको जोगवनी –किमाथान्का सडक दु्रतगतिमा निर्माण सम्पन्न पश्चात प्रदेशको जनसबख्या बरावरका चीन र भारतबाट पर्यटक आउने विश्वास जनाउनुभयो । प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकहरुलाई सहज आपूर्तिका लागि व्यापारिक ंिसण्डिकेटको अन्त्य आवश्यक भएको सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकको चुल्हो मंहगिएकोले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो। नेकांका केन्द्रीय सदस्यद्वय भीम पराजुली र राजीव ढुङ्गगानाले सरकारले इमान्दारीपूर्व अनुगमन गर्नुपर्ने सुझाव दिँदै किसानले आफुनो उत्पादनको उचित मूल्य प्राप्त गर्नुपर्ने सुझाव दिनुभयो। विभागका संयोजक गुरु बराल, केन्दीय सदस्य फुलकुमार लालवानी,भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौला, प्रदेश सभाका सदस्य गयानन्द मण्डल र प्रदेश योजना आयोगका सदस्य डा प्रमिला गच्छदार लगायतकाले स्वदेशी उत्पादनमा प्रयोगमा जोड र व्यवहारिक रुपमा जनताका समस्या समाकान गरी समृद्धितर्फ लाग्न आजको आवश्यक्ता भएको बताउनु भयो । अन्तरक्रियामा उपभोक्ता संरक्षणमा आवद्ध विभिन्न संघसंस्था, विभिन्न व्यापरिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : ११:५०:४५ , १ वर्ष अगाडि

error: Content is protected !!