धनुषा। ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट महोत्तरीको महोत्तरी गाउँपालिका-५ गौरीगामाका ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०१-१७ , समय : १६:४३:२१ , १ वर्ष अगाडि