बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुनको मूल्यमा वृद्धि

Aarya News 6361  पटक हेरिएको

देवानगञ्ज। आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला चार सयले वृद्धि भएको हो।

आइतबार सुन प्रतितोला एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो। आज एक तोला सुनको मूल्य एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार आठ सय ३० निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको जनाइएको छ। आज एक औंस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ।

प्रकाशित मिति: २०२५-०१-१५ , समय : १५:०७:२१ , ६ महिना अगाडि

error: Content is protected !!