बि.स. : २०८२ चैत्र २८, आइतबार

कोशी प्रदेशका सभामुख बिष्टले शाहको योगदानलाई स्मरण गरे

कोशी प्रदेश सम्वाददाता 5979  पटक हेरिएको

विराटनगर। नेपालमा गणतन्त्र आएपछि शाहवंशिय राजाको योगदानको विषयमा सरकारी तहबाट कुनै पनि कार्य क्रमको आयोजना नेपाल सरकारले गर्न सकेको छैन।

राजनीतिक दबाबपछि श्री ५ वडामा राजा धिराज पृथ्वीनारायण शाहको जन्मदिन पुष २७ गतेको दिनलाई घुमाउरो पारामा एकता दिवस भन्दै सार्वजनिक विदा दिएपछि सरकारी तहबाट उक्त दिनको पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्ने आट नेपाल सरकारबाट हुन सकेन।

नेपाल सरकारले नगरे पनि कोशी प्रदेश सभाले उक्त दिन पृथ्वीनारायण शाहलाई स्मरण गर्ने काम गरेको छ कोशी प्रदेशका सभामुख अमर बहादुर बिष्टको विशेष पहलमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस प्रदेश सभाले मनाएको छ।

पृथ्वी नारायण शाहको तस्वीरमा फूल माला अविर चढाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अमर बहादुर बिष्टले कर्मचारीसँग सल्लाह गरी आफूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तय गरेको बताउनुभयो।

आज हामी जुन धरातालमा उभिएका छौं आफूलाई नेपालको प्रधानमन्त्री मन्त्री भनिरहेका छौं सो पृथ्वीनारायण शाहले सानातिना राज्यलाई एक बनाई नेपाल नामाकरण गरेको कारण भन्न पाएको कुरालाई कसैले बिर्सनु हुँदैन सभामुख बिष्टले भन्नुभयो। पृथ्वीनारायण शाहलाई स्मरण गर्दा वा उहाँको जन्मजयन्ती मनाउँदा हामी कसैले पनि हिनता बोध गर्नु हुँदैन।

पत्रकारले पनि गर्नु हुँदैन पृथ्वीनारायण शाहको जन्मजन्ती मनाउँदा गौरव गर्न सक्नुपर्छ भन्नुभयो यो आफूले पहिलो प्रयास गरेको हो यसलाई निरन्तरता दिँदै अन्य प्रदेश सभाले पनि पृथ्वी जयन्ती मनाउने कुरामा आफू आशावादी रहेका बताउनुभयो।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २०:०३:२० , १ वर्ष अगाडि

error: Content is protected !!