बि.स. : २०८२ चैत्र १९, शुक्रबार

सिचाई प्रयोजनमा खपत हुने विद्युतीय महसुल पालिकाले तिर्ने १६ औँ गाउँसभाबाट पारित

राजीव कुशवाहा 6766  पटक हेरिएको

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाको १५ औँ गाउँसभाबाट पारित भएको बजेटलाई परिमार्जन गरी नविन कामको सुरुवात गरेको छ। १५ औँ गाउँसभाबाट पारित कार्यक्रम एवं योजनालाई देवानगञ्ज गाउँपालिकाको १६ औँ गाउँसभाले बजेटलाई परिमार्जन गर्दै अनुमोदन गरेको छ।

१६ औँ गाउँसभाले सातवटा प्रस्तावहरू पारित गर्दै गाउँसभा सम्पन्न भएको कुरा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले बताउनुभयो। किसान केन्द्रित प्रस्ताव महत्त्वपूर्ण रहेको छ। देवानगञ्ज गाउँपालिकाको ७ वटै वडामा कृषि सिँचाइका लागि नेपाल विद्युत प्राधिकरण र देवानगञ्ज गाउँपालिकाका कार्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने कुराको समेत अनुमोदन गरेको छ।

किसानको लागि सिचाई उपलब्ध गराउन चाहिने विद्युत तर्फ विद्युत लाइन विस्तार ट्रान्सफर्म जडान भइसकेको र जडान हुने प्रत्येक ट्रान्सफर्ममा गाउँपालिकाको नाममा ग्राहक कायम हुने गरी सिचाई प्रयोजनामा खपत हुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिका बाटे भुक्तानी हुनेगरी मिटर जडान गरी दिन विद्युत प्राधिकरणलाई पत्र लेख्ने कुराको समेत अनुमोदन गरेको छ।

उक्त १६ औ गाउँसभाले गाउँपालिकामा कार्यरत स्थायी करार जलादारी रूपमा कार्यरत कर्मचारीको म्याद थप गर्ने १५ औ गाउँसभा बाट पारित भएको निर्णयलाई १६ औँ गाउँसभाले अनुमोदन गरेको कुरा अध्यक्ष मेहताले बताउनुभयो। कार्यविधि मापदण्ड निर्देशक अनुमोदन र विगतमा देखिएको बेरुजु सम्परिक्षण समेत अनुमोदन गरिएको छ।

प्रकाशित मिति: २०२५-०१-११ , समय : २०:२१:०६ , १ वर्ष अगाडि

error: Content is protected !!