बि.स. : २०८२ चैत्र २८, आइतबार

एक अवैध कल सेन्टरबाट २९ जना महिला सहित ५३ जना पक्राउ

Aarya News 4723  पटक हेरिएको

काठमाडौं। ललितपुरको एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीका अनुसार सिआइबीले सोमबार राति ललितपुरको सातदोबाटोस्थितबाट ३ भारतीय सहित ५३ जना पक्राउ गरेका हुन्। जसमा २९ जना महिला रहेका छन्।

नेपालीको नाममा कम्पनी भारतीयले झण्डै २ महिनादेखि कल सेन्टर चलाएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरुको साथबाट ८५ थान ल्यापटप र ८५ वटा मोबाइल बरामद भएको बोगटीले जानकारी दिए।

उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२५-०१-०७ , समय : ११:३६:४३ , १ वर्ष अगाडि

error: Content is protected !!