बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मापसे चेकजाँचको क्रममा प्रहरी र वडा अध्यक्ष समूहवीच झडप, पाँच राउण्ड गोली हवाई फायर

Aarya News Desk 5133  पटक हेरिएको

जनकपुरधाम। सर्लाहीको रमानगर गाउँपालिकामा मापसे चेकजाँचको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीमाथि आक्रमण गरेपछि पाँच राउण्ड गोली  हवाई  फायर गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहराले जानकारी दिए ।

प्रवक्ता एसपीका अनुसार शनिबार राति करिब ९ बजेतिर रामनगर गाउँपालिका ५ स्थित बैजनाथचोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको बेलामा मापसे गरेका केही युवाहरुको समूह परेका थिए । त्यही विषयमा अवरोध खडा गर्न वडा नम्बर ५ का वडाध्यक्ष श्रीनन्दन रायको नेतृत्वमा करिब डेढसयजनाको समूह आएर प्रहरीमाथि लाठी ढुंगाले आक्रमण गराएको प्रहरीको दावी छ ।

त्यस क्रममा प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउको फुटेर घाइते भएपछि सर्लाहीका डिएसपीको कमाण्डमा थप प्रहरी टोलि पुगेर अवस्था नियन्त्रणमा थ्रीनट थ्री राफइलबाट पाँच राउण्ड गोली हवाई फायर गरेको प्रवक्ता बोहराले बताए । घाइते रायको टाउकोमा पाँचवटा टाका लागेको छ । उनको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

अर्को पक्ष तर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-०५ , समय : २१:०८:३० , ६ महिना अगाडि

error: Content is protected !!