बि.स. : २०८३ साउन १५, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य घटे

Aarya News 10503  पटक हेरिएको

विराटनगर। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार मूल्यको तुलनामा आज सुन प्रतितोला १५ सय रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको थियो। आज (आइतबार) मूल्य घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज यथावत नै रहेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२५-०१-०५ , समय : १२:५२:३३ , २ वर्ष अगाडि

error: Content is protected !!