बि.स. : २०८२ चैत्र २८, आइतबार

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको अध्यक्षमा पुन : थापा चयन

राधेश्याम कुशवाहा / मधेशी प्रदेश 4948  पटक हेरिएको

सर्लाही। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको अध्यक्षमा पुन : थापा चयन भएका छन् ।

मङ्गलबार जिल्लाको बरहथवा नगरपालिका–९, मुर्तियामा सम्पन्न नेकपा माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको तेस्रो जिल्ला अधिवेशनबाट सिंगबहादुर थापा(श्रवण) को अध्यक्षतामा ११ सदस्य कमिटी गठन भएको हो । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

अधिवेशनले सङ्गठनको उपाध्यक्षमा क्षितिज विश्वकर्मा(विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल र सदस्यहरूमा सरोज राय यादव, चन्द्र बहादुर जिम्बा, जितेश यादव र रामनारायण साह चयन गरेको छ । सङ्गठनको अधिकांश पदाधिकारी पुनः दोहोरिएका छन् ।

यस्तै प्रदेश प्रतिनिधिमा सन्तोष यादव, प्रेमनाथ पौडेल तथा केन्द्रिय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगर चयन भएका हुन । कार्यक्रमका अधिकांश वक्ताहरूले दलीय व्यवस्था भएको राज्यमा फरक विचार र पार्टी सिद्धान्तमा आस्था राख्नु सामान्य भएपनि पत्रकारहरूको कार्य सम्पादन निश्पक्ष हुनु पर्नेमा जोड थियो । यसले पत्रकार र पेसाको गरिमा अक्षुण्ण राख्न मद्दत पुग्ने वक्ताहरूले भनाइ राखे ।

मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा आइसिटी मधेश प्रदेश इन्चार्ज भुपनारायण अधिकारी, बरहथवा नगरपालिका–९, का वडाध्यक्ष तुलसी लुँइटेल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओम प्रकाश ठाकुर, महासङ्घका निवर्तमान प्रदेश कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासङ्घका निवर्तमान जिल्ला अध्यक्ष टङ्क बहादुर क्षेत्री, प्रेस युनियनका अध्यक्ष कृष्ण थपलिया, प्रेस चौतारीका जिल्ला अध्यक्ष अच्युतम सापकोटा लगायतका आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०१-०१ , समय : १२:१५:१३ , १ वर्ष अगाडि

error: Content is protected !!