बि.स. : २०८२ चैत्र २८, आइतबार

जोगवनी नाकाबाट प्रतिबन्धित भिटामिन प्रोटिन तस्करी

कोशी प्रदेश सम्वाददाता 3788  पटक हेरिएको

विराटनगर। विराटनगर सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरमा नयाँ सशस्त्र प्रहरीमा डिएसपी आएपछि उहाँको अगाडि नयाँ चुनौती थपिएको छ।

नेपाल-भारत अन्तर्राष्ट्रिय नाका रानी जोगवानीमा सुरक्षामा खटिएका केही सशस्त्र प्रहरी बल नेपालको टोली प्रमुखले जोगवनीबाट सामान लिई आउने व्यापारीलाई संरक्षण दिएको कारण प्रतिबन्धित भिटामिन प्रोटिन भारतबाट किनेर नेपाल तर्फ ल्याउने काम भइरहेको छ। उक्त प्रोटिन शरिर बनाउने व्यक्तिले प्रयोग गर्ने गर्दछन्। उक्त प्रोटिनले शरीरको छाला र मासुलाई अल्लक पार्ने र मसललाई फराकिलो पार्ने गरेको कुरा भुक्त भोगीहरू ले बताएका छन्।

उक्त प्रोटिनको मात्रा बढी भएमा मानिसको किड्नीलाई समेत असर गर्ने गर्दछ। यो प्रोटिन खाएपछि जसले पानीको मात्रा कम खान्छ त्यसलाई असर गर्ने बताइन्छ। यो प्रोटिन वैधानिक बाटोबाट ल्याईदैन। भन्सार कार्यालयबाट ल्याउँदा खाद्य परीक्षण औषधि व्यवस्था विभागको अनुमति आवश्यक पर्दछ। यो प्रोटिनको सेवन गर्न कुनै पनि चिकित्सले लेखेको पाइँदैन स्वास्थ्यका जानकारहरूले बताइन्छ।

नाकामा खटिएका सुरक्षाकर्मीले जोगवनीबाट सामान ल्याउने व्यापारीक प्रयोजनका सामान राम्ररी हेर्ने गरेका पाइँदैन । राम्ररी समान हेर्न रोकेमा वा सामान राखेका केही राजनीतिक एवं अन्य व्यक्तिको दबाब आउने र मेरो मानिसको समान आउँदैछ। सामान ल्याउन दिन भनेर दबाब आउने गरेको कुरा एक सशस्त्र बल प्रहरी बलले बताउँछन्।

यसरी दबाबमा सामान छोडिदिँदै जाने हो भने सशस्त्र प्रहरीको टोली राख्नुको अर्थत नरहेको स्थायी बासीको भनाइ रहेको छ। सशस्त्र प्रहरी बलले दबाब र प्रभावमा समान छोडिदिँदै जाने हो भने राज्यलाई चुनौती आउने सामान नआउला भन्न सकिँदैन।

प्रकाशित मिति: २०२५-०१-०१ , समय : १२:०६:२३ , १ वर्ष अगाडि

error: Content is protected !!