बि.स. : २०८२ चैत्र २८, आइतबार

अन्तर विद्यालय हाजरीजवाफ प्रतियोगिता सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

सुरेन्द्र कुशवाहा/सुनसरी 4192  पटक हेरिएको

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्तरीय आधारभूत तह( कक्षा६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरिएको छ ।
शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो।

अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ । भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसिंह-७, तृतीय हुने जामिया स्लामिया र शान्त्वना स्थान हासिल गर्ने श्री आधारभूत विद्यालय अकाहाले जित हासिल गरेका छन। जित हासिल गरेका सहभागी विद्यार्थिहरुलाई गाउँपालिका अध्यक्ष र शिक्षा शाखाले प्रमाणपत्र, नगद सहित अबिरको टीका लगाइ स्वागत सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद , उपाध्यक्ष सुनिता कुमारी उराँव , शिक्षा समिती कार्यालय सचिवालय सदस्य कृष्ण राज विष्ट , शिक्षा शाखा प्रमुख रमेश चन्द्र तिमल्सिना लगायत विद्यालयका शिक्षक सहित सहभागी विद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-२१ , समय : २१:१०:०९ , १ वर्ष अगाडि

error: Content is protected !!