बि.स. : २०८२ चैत्र २८, आइतबार

हजारौं टन तेल समुद्रमा चुहिएर समुद्री किनार प्रदूषित

NEWS DESK 3243  पटक हेरिएको

मस्को। रूसले बुधबार हजारौं टन तेल समुद्रमा चुहिएर समुद्री किनार प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ। यो घटना तेल ट्यांकर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो। एउटा पुरानो रूसी तेल ट्यांकर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रूसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो।

रूसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ।

दुई ट्यांकरले करिब ९ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको देखाएको सरकारी समाचार एजेन्सी तासले जनाएको छ। क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै बुधबार तासले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्यांकरबाट अझै पनि तेल चुहिएको देखाएको रिपोर्ट गरेको छ।

प्रकाशित मिति: २०२४-१२-१९ , समय : ०८:२८:२३ , १ वर्ष अगाडि

error: Content is protected !!