विराटनगर। नेपाल भारत मैत्री संगठनको कोशी प्रदेश स्तरीय भेलाले तरुण कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ।
भेला विराटनगरमा सम्पन्न भएको थियो, जसमा संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, उपाध्यक्ष निर्मल दुगड, महासचिव सम थापा, र भाजपा बिहार प्रदेश पिछडा वर्ग प्रकोष्ठका सह-अध्यक्ष भानु प्रकाश रायको विशेष उपस्थिति रहेको थियो।
संगठनको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूका रूपमा मिलन सुराना र जितेन्द्र कुमार यादव चयन भएका छन्। सचिवमा पंकज कुमार भगत, सह-सचिवमा दुर्गा विक, कोषाध्यक्षमा शशी मण्डल निर्वाचित भएका छन्।
सदस्यहरूमध्ये विदुर घिमिरे, सुशिला मोदी, समिन्द्र बस्नेत, कोमल राय, मनोज पोदार, ममता यादव, बदमिया कुमारी साह, र महेश झाँलगायत सर्वसम्मत रूपमा चयन भएका छन्।
भेलाले दुई देशबीचको सांस्कृतिक, सामाजिक, र आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै मैत्रीपूर्ण सहकार्यलाई प्रोत्साहित गर्ने उद्देश्यलाई पुनः प्राथमिकता दिएको छ। संगठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
प्रकाशित मिति: २०२४-१२-१० , समय : १०:३६:०९ , १ वर्ष अगाडि