बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाली कांग्रेस भित्रको आन्तरिक विवादले उग्ररूप लिन थाले

कोशी प्रदेश सम्वाददाता 7247  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेस भित्रको आन्तरिक विवादले उग्ररूप लिन थालेको छ। नेपाली कांग्रेसभित्रको कोइराला विरासत क्रमश गुम्दै गएपछि आफ्नो अस्तित्व समेत संकटमा पार्ने कुरालाई ध्यानमा राखी कोइराला विरासतलाई पुन: स्थापित गर्न एक समूह सक्रिय पूर्वक लागेको छ।

नेपाली कांग्रेस भित्रको कोइराला विरासतलाई क्रमशः क्याम राख्न नेपाली कांग्रेसकै नेता प्रतिनिधि सभा सदस्य डाक्टर शेखर कोइरालालाई अगाडि सार्दै आएको डाक्टर शेखर कोइराला समूहले कोइराला भित्रकै व्यक्तिलाई समेट्न सकेको छैन। नेपाली कांग्रेसले कोशी प्रदेश स्तरीय पालिका सभापति उपसभापतिको भेला गर्न निर्णय गरी कार्यान्वयन गर्न तर्फ अग्रसरता देखाई समय तोके पछि नेपाली कांग्रेस कै डाक्टर शेखर कोइराला समूहले सोही प्रक्रियाको कार्यक्रमको आयोजना गरेको छ।

कोशी प्रदेशको १७ पालिकाका सभापति भेलाको आयोजना डाक्टर शेखर कोइराला समूहले सम्पन्न गरेको छ। उक्त भेलामा भनिए अनुसार पार्टीको पालिका स्तरीय सभापति उपसभापतिको उपस्थिति थिएन नेपाली कांग्रेस केन्द्रीय समितिले मङ्सिर १८ गते गर्ने भनिएको कार्यक्रम पार्टीको अधिकारी होइन उपस्थित नहुन उदिजारी गरिएपछि त्यसको प्रभाव भेलामा समेत परेको छ। उक्त भेलामा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की संघीय सांसद सुशील शर्मा सरिता प्रसाई डिगा संग्रोला डाक्टर मिनेन्द्र रिजाल लगायत पार्टीको केही जिल्लाका जिल्ला सभापतिहरु पालिकाका सभापतिहरूको उपस्थिति पनि थियो।

नेपाली कांग्रेस पालिका स्थरीय प्रशिक्षण कार्यक्रम भनेर कार्यक्रमको शुभारम्भ गरिएको थियो। उक्त कार्यक्रम कार्यान्वयन नभई डाक्टर कोइरालाको शक्ति प्रदर्शनका रूपमा हेर्न थालिएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिको उपस्थिति थिएन। यसलाई डक्टर शेखर कोइराला समूहको कार्यक्रमको रुपमा सबैले व्याख्या एवं विश्लेषण गर्न थालिएका छन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर शेखर कोइरालाले पालिकाका साथीहरूसँग कहिले छलफल हुँदैन तर हामी पार्टी ठिक ठाक छ भन्ने सोच्छौँ तपाईहरु कुनै धाक धम्कीबाट डराउनु भएन तपाईंको सुरक्षा म गर्छु भन्न भन्नुभयो ।

केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेपाली कांग्रेस सहभागी भएको यो सरकारलाई असफल हुने छुट छैन तर चार महिना भयो संविधानको विषयमा दुईवटा दलसँग छलफल पनि भएको छैन। सुशासन नभई भ्रष्टाचार रोक्न सक्दैन भन्नु हुँदैन भ्रष्टाचारले देश चुलुमबमा डुबी सकेको छ कोइरालाले भन्नुभयो।

प्रकाशित मिति: २०२४-१२-०४ , समय : १८:५१:३२ , ७ महिना अगाडि

error: Content is protected !!