बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भारतमा १५ औँ राष्ट्रपतिको लागि मतको गणना सुरु

Desk 1679  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

नयाँ दिल्ली श्रावन ५ गते।  भारतमा १५औँ राष्ट्रपतिको नाम घोषणा हुने भएको छ। जुलाई १८ मा भएको राष्ट्रपति निर्वाचनमा संसद र व्यवस्थापिका दुवै सदनका निर्वाचित सदस्यले मतदान गरेका थिए। सो मतको गणना आज बिहान ११ बजेबाट सुरु भएको हो।

मतगणनाका लागि सबै प्रदेशका विधान सभाको मतपेटिका संसद भवनमा पुगिसकेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ। यस पदका लागि एनडीएबाट द्रौपदी मुर्मु उम्मेदवार छन् भने विपक्षी दलबाट यशवंत सिन्हा उम्मेदवार छन् ।

यसपटक राष्ट्रपति निर्वाचनमा जम्मा चार हजार ८०७ मतदाता थिए। यसमा राज्यसभाबाट २३३ विधायक, लोकसभाबाट ५४३ र विधान सभाका ४ हजार ३३ विधायकहरू सामेल छन्।

प्रकाशित मिति: २०२२-०७-२१ , समय : ११:४१:१४ , ३ वर्ष अगाडि

error: Content is protected !!