बि.स. : २०८२ माघ २६, सोमबार

राप्रपा कोशी प्रदेशले विरोध सभा गर्ने

Aarya News Desk 4728  पटक हेरिएको

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान राजनीतिक अवस्थालाई चिरफार गर्दै संघीयताको खारेजी र राजसंस्थाको पुनः स्थापनाको मागलाई जनता समक्ष पुर्याउने भएको छ।

काम नगर्ने धम्काएर घुर्काएर पदमा बस्ने व्यक्तिलाई समेत निर्मूल पार्ने अभियानमा राप्रपा लागेको छ। राप्रपाकोशी प्रदेश कार्यसमितिले प्रदेश स्तरीय आमसभा र प्रदेश स्तरीय बैठक गर्ने भएको छ।

राप्रपाकोशी प्रदेश कार्यसमिति को बैठकले २०८१ साल पौष १३ गते सुनसरीको इटहरीमा विरोध सभा र पौष १४ गते विराटनगरमा राप्रपाको प्रदेश परिषद्को बैठक बसाउने निर्णय गरेको छ।

इटहरीमा हुने विरोध सभामा संघीयताको खारेजी राजसंस्थाको स्थापना हिन्दु राज्यको स्थापना सहकारी पिरितलाई न्याय जनताको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने लगायतको माग राखी विरोध सभाको आयोजना गरिने र प्रपाकोशी प्रदेश कार्यसमिति का अध्यक्ष राम थापाले बताउनुभयो।

प्रकाशित मिति: २०२४-११-१७ , समय : १७:१६:५२ , १ वर्ष अगाडि

error: Content is protected !!