बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

स्थानीय बजारमा सुन – चाँदीको मूल्य घट्यो

Aarya News Desk 7999  पटक हेरिएको

देवानगञ्ज । स्थानीय बजारमा सुन – चाँदीको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६० हजारमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको हो।

यसदिन चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ। चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २०२४-११-१४ , समय : ११:५४:२५ , ८ महिना अगाडि

error: Content is protected !!