बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत

Aarya News Desk 3071  पटक हेरिएको

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।

आयोगका अनुसार ३२ जना जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्रतांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो।

काठमाडौं महानरपालिका-१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेल तोकिएका छन्। काठमाडौं महानगरपालिका-१६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

यसैगरी आयोगले कीतिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ। कीर्तिपुर नगरपालिकाका मेयर,वडा नम्बर १ र ४ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। यसैगरी आयोगले अन्य स्थानमा पनि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।

कार्त्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ। स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

आयोगले स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ।

यस्तो छ सूची
निर्वाचन अधिकृत नियुक्ति प्रेस विज्ञप्ति

प्रकाशित मिति: २०२४-११-११ , समय : १८:३१:१५ , ८ महिना अगाडि

error: Content is protected !!