बि.स. : २०८२ माघ २६, सोमबार

विराटनगरमा बहुभाषी अन्तराष्ट्रिय कवि सम्मेलन र सांस्कृतिक फेशन शो हुने

Aarya News Desk 11541  पटक हेरिएको

विराटनगर । आभा फाउंडेशन नेपाल एंव राष्ट्रिय कला सेवा संस्था भारतको संयुक्त आयोजनमा अगामी पुसमा बहुभाषी अन्तराष्ट्रिय कवि सम्मेलन, सांस्कृतीक कार्यक्रम र फेशन शो हुने भएको छ ।

फाउंडेशन र संस्थाले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी डिसेम्बर २०, २१ तारिख अर्थात पुस ५ र ६ गते बहुभाषी अन्तराष्ट्रिय कवि सम्मेलन, सांस्कृतीक कार्यक्रम र फेशन शो को आयोजना गर्ने संस्थाको अन्तराष्ट्रिय संयोजक अरर्विद श्रीवास्तव ‘चित्रांश’ ले जानकारी गराए ।

अन्तराष्ट्रिय भोजपुरी संगम नेपाल २०२४ को नामवाट संचालन हुने बहुभाषी अन्तराष्ट्रिय कवि सम्मेलन, सांस्कृतीक कार्यक्रम र फेशन शो मा विभिन्न जातजाति र भाषा–भाषीको सहभागीता रहने फाउन्डेशनकी डाइरेक्टर आभा अनुपमाले वताईन ।

आइडियल जर्नालिस्ट एसोसिएसन भारतका राष्ट्रिय महासचिव संजयकुमार पाण्डे ‘सरस’ ले भने राष्ट्रिय कला सेवा संस्था भारतले ३० वर्ष देखि विभिन्न देशहरुमा यस्तै कार्यक्रम गर्दै आएको र नेपाल र भारतको सम्वन्ध वेटी रोटी कै जस्तो रहेको र भेषभूषा समेत मिल्दो जुल्दो रहेकोले २०२४ को कार्यक्रम नेपालको विराटनगरमा गर्न लागेको वताए ।

विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा हुने कार्यक्रममा नेपाली, भोजपुरी, थारु मैथली, मगही, अवधी लगायतको भाषा–भाषीलाई सहभागी गराउने लक्ष्य रहेको फाउंडेशनकी डाइरेक्टर अनुपमाले वताई । उक्त कार्यक्रममा कति खर्चलाग्ने र सो खर्च कहाँवाट जुटाउने सम्बन्धमा आयोजकले केही खुलाएन ।

प्रकाशित मिति: २०२४-११-११ , समय : १८:१२:३७ , १ वर्ष अगाडि

error: Content is protected !!