बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्रधानमन्त्री ओलीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको : नेता डा. कोइराला

Aarya News 5862  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका हुन्।

सरकारका केहि क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ । मुलुकको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताए। कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

उनले अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर भूल भूलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति: २०२४-१०-२६ , समय : १३:२१:०७ , ८ महिना अगाडि

error: Content is protected !!