बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बहुविवाह र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Desk 956  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

विराटनगर श्रावान ३ गते । बहुविवाह र चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-७ मझारेका २६ वर्षीय विष्णु हेमरन र विराटनगर महानगरपालिका-१२ का २२ वर्षीय गणेशकुमार राम रहेका छन्। प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि उनीहरु फरार थिए।

बहुविवाह मुद्दामा हेमरनलाई जिल्ला अदालत मोरङले २०७८ वैशाख ९ गते एक वर्ष ११ महिना चार दिन कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यस्तै चोरी मुद्दामा रामलाई २०७८ फागुन १५ गते एक वर्ष दुई महिना तीन दिन कैद र १२ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

एसपी राईका अनुसार प्रहरीले पक्राउ गरेर बुझाएपछि दुवै जनालाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १६:५९:४३ , ३ वर्ष अगाडि

error: Content is protected !!