बि.स. : २०८२ चैत्र २८, आइतबार

आकाशे पुल तथा स्वागत द्वार निर्माण काम ६० प्रतिसत सक्यो ; सम्पन्नमा चुनोती

कोशी प्रदेश सम्वाददाता 10794  पटक हेरिएको

विराटनगर। नेपाल भारत जोगवनी प्रवेश गर्नु अगाडी रहेको विराटनगर भन्सार क्षेत्रमा बनाउन लागिएको आकाशे पुल तथा स्वागत द्वारको निर्माणमा काम तदारुकताका साथ भईरहेको छ।

शहरी विकास तथा भवन कार्यालय कोशी प्रदेश विराटनगर प्रत्यक्ष निगरानीमा उक्त काम भईरहेको छ। २०८१ साल चैत्र २५ गते संम्पन्न गरि सक्ने गरि हावीट्याक आशिषदिप जेभी भद्रपुर ४ लाई ठेक्का दिएकोमा अहिले निर्माण कम्पनिले काम गरि रहेको छ। ७ करोड ७६ लाख ४८ हजार ८४२ रुपैयाँ ९९ पैसा PS सहित मु.अ. कर बाहेकको लागत अनुमान गरेकोमा ६ करोड २५ लाख २४ हजार ९४४ रुपैयाँ ८५ पैसा PS सहित मु.अ. कर बाहेक सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो।

उक्त आकाशे पुल तथा स्वागत द्वार निर्माणमा कोशी प्रदेश सरकारको ७० प्रतिसत विराटनगर महानगर पालिकाको २५ प्रतिसत उद्योग संगठनले ५ प्रतिसत लगानी गर्ने सहमति भएको थियो। यसरी  सहमति भएकोमा अहिले सम्मको कामको प्रकृति हेर्दा ६० प्रतिसत काम भई सकेको अनुमान लगाउन सकिन्छ। अब महानगर पालिका र उद्योग संगठन ले दिने भनेको रकम कसरि उपलव्ध गराउछन सो हेर्न बाँकी छ।

महानगर पालिका र उद्योग संगठन मोरङले दिने भनिएको रकम यदि उपलव्ध गराएन भने प्रवेश सरकारले थप रकम विनियोजन गर्नु पर्ने देखिन्छ। समयमा रकम उपलव्ध नभएमा समयमा काम सम्पन्न हुने देखिदैन। यस तर्फ सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२४-१०-१९ , समय : २०:१२:२६ , १ वर्ष अगाडि

error: Content is protected !!