बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पछिल्लो २४ घन्टामा थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Desk 1754  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं श्रावन ३ गते। थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३३५७ नमूनाको परीक्षण भएकोमा ३५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयअनुसार पीसीआरबाट १८५७ नमूना र एन्टिजेनबाट १५०० नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २६८ र एन्टिजेनबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितको संख्या सोमबारको तुलनामा कम हो। सोमबार ४५७ जनामा संक्रमण पुष्टि भएको थियो। सो दिन कोरोनाबाट १ जनाको मृत्यु भएको थियो।

आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घन्टामा ३६ हजार ३४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।यसदिन थप ६२ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार हाल १९८२ जना सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १६:४७:२६ , ३ वर्ष अगाडि

error: Content is protected !!