बि.स. : २०८२ चैत्र २८, आइतबार

बाढीमा डुबेर मृत्यु भएका परिवारलाई जनही बलरा नगरपालिकाले एक लाख रुपैया उपलब्ध गराउने

मधेश प्रदेश सम्वाददाता- Aarya News 5235  पटक हेरिएको

सर्लाही। अविरल बर्षा संगै आएको बाढीमा डुबेर मृत्यु भएका परिवारलाई जनही बलरा नगरपालिकाले एक लाख रुपैया उपलब्ध गराउने भएका छन् ।

बलरा नगरपालिका वडा नम्वर १ का संजय गिरीको २८ बर्षिय छोरा पवन गिरी सीमापारी भारतीय बजार बसविटाबाट किनमेल गरेर घर फर्किने क्रममा अकस्मात आएको बाढी आउदा उम्कीने मौका पाउन नसक्दा पानीमै डुबेर मृत्यु भएका थिए । मृतक गिरीका परिवारलाई बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहाले तत्काल क्रिया गर्नका लागि २५ हजार उपलब्ध गराएको थियो ।

यस्तै बाढीमा डुबेर ज्यान गुमाएका वडा नम्वर ३ लक्ष्मिपुरका अंकित ठाकुर परिवारलाई पनि क्रिया गर्न २५ हजार नगद नगरप्रमुख कुशवाहाले घरमै गएर दिएको थियो । दुबै जनाको शव बाढीको तिन र चार दिनपछि निकै खोजतलास पछि फेला परे । बलर नगर कार्यपालिकाले मृतक परिवारलाई जनही एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

२५ हजार तत्कालै उपलब्ध गराए भने अब ७५ हजार जनही मृतक परिवारको खातामा रकम पठाउने जानकारी नगरप्रमुख कुशवाहाले दिए ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : २१:१४:०५ , २ वर्ष अगाडि

error: Content is protected !!