बि.स. : २०८२ चैत्र २८, आइतबार

नेपाली कांग्रेस कोशी समितिद्वारा वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध गराउन मांग

मनोज दाहाल / रासस 9000  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश समितिले केही दिन आगाडि बर्षाको कारण आएको वाढी र पहिरोबाट मृत्युवरण गरेका नागरिहरुप्रति हार्दिक श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस प्रदेश समितिका प्रवक्ता यदु विष्टद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वाढी र पहिरोबाट घाइते भएकाहरुकोे शिघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ। साथै मृतक र पीडित परिवारलाई विशेष राहत उपलव्ध गराउन सरकारसँग माग गरिएको छ।

मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्न पत्रकार सम्मेलनमा अनुरोध गरिएको छ। उहाँले वाढी पहिरोका कारण काठमाण्डौ र कोशी प्रदेशको विभिन्न जिल्लाहरुको विराटनगरसँग जोडने सडकहरु यथाशिघ्र सञ्चालन ल्याउन सरकारलाई अनुरोध गर्नु भएको छ। पत्रकार सम्मेलनमा कालाबजारी, महंगी, भ्रष्टाचार नियन्त्रण गर्नका लागि सम्वन्धित सरोकारवालाई निकायहरुलाई आग्रह गर्दै आम नागरिकहरु पनि सचेत रहन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस प्रदेश कार्यसमितिले पूर्णता प्राप्त गरी हालसम्म २२ बटा विभागहरु गठन भईसकेको र चाँडै प्रदेश सम्मेलन गरिने जानकारी प्रवक्ता विष्टले दिनु भयो ।

प्रकाशित मिति: २०२४-१०-०२ , समय : १९:१६:४७ , २ वर्ष अगाडि

error: Content is protected !!