बि.स. : २०८२ चैत्र २८, आइतबार

रंगेली नगरपालिकाले आगामी तीन बर्षसम्म करमा कुनै वृद्धि नगर्ने–नगर प्रमुख अग्रवाल

मनोज दाहाल / रासस 3660  पटक हेरिएको

विराटनगर । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले नगरले आगामी तीन बर्षसम्म करमा कुनैवृद्धि नगर्ने घोषणा गर्नु भएको छ ।

प्रमुख अग्रवालले नगरपालिकाको आज सम्पन्न विशेष नगर सभाबाट सर्वसम्मत निर्णय गरि रंगेलीमा आयोजित पत्रकार सम्मेलन उक्त जानकारी दिनु भएको हो ।

करको दर र दायरालाई नगरमैत्री बनाउन विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरि विगत वर्ष अनुसार गरिएको नगरपालिकाले जनाएको छ ।

नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको दरमा पुर्नविचार गर्न आग्रह गरे अनुसार संशोधन गरी विगतमा वर्षमा लिए अनुसार कुनै किसिमको वृद्धि नगरिएको प्रमुख अग्रवालले जानकारी दिनुभयो ।

नगरपालिकाले अत्यधिक कर बृद्धि गरेको भनेर जनतामा भ्रम छर्ने काम विभिन्न राजनैतिक दलले गरेको आरोप लगाउँदै मोरब लगायत अन्य मुलुकका अन्य स्थानीय निकायको करसँग मध्ये रंगेलीले अत्यन्त न्यून उठाउने गरेको स्पष्ट पार्नु भयो ।

 

नगरको बार्षिक आन्तरिक आम्दानी एक करोड मात्रै रहेको उहाँले बताउनुभयो । नगर प्रमुख अग्रवालले नौ वटै वडालाई समेटेर ३८ सडक कालोपत्रे भईरहेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्ष भित्रमा ३८ किलोमिटर सडक कालोपत्रे भईसक्ने बताउनुभयो । आगामी तीन वर्ष भित्रमा नगरका सवै सडकहरु कालोपत्रे गरिसक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२४-१०-०२ , समय : ०९:२७:३८ , २ वर्ष अगाडि

error: Content is protected !!