बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कोशी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने

Aarya News 5919  पटक हेरिएको

विराटनगर। अहिले देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाको बुलेटिनमा उल्लेख छ।

बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै बाँकी प्रदेशका पनि एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ। भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ।

बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : ०८:००:१६ , ९ महिना अगाडि

error: Content is protected !!