बि.स. : २०८२ चैत्र २८, आइतबार

एन्फा महिला लिगको शीर्ष स्थानमा नेपाल पुलिस

Aarya News Desk 17501  पटक हेरिएको

विराटनगर। कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा कोशीलाई ४–० गोल अन्तरले पराजित गदै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

जारी लिगमा कोशीको यो पहिलो हार हो । पुलिसको जितमा अनुस्का शेर्पाले खेलको २४ मिनेटमा गोल गरेकी थिइन् भने निर्मला उपाध्यायले ४६, सम्झना लावतीले ७९ मिनेट र अमृता जैशीले खेलको ८८ औ मिनेटमा गोल गरेकी थिइन् ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । पहिलो हार बेहोरेको कोशी ९ अंकका साथ दोश्रो स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२४-०९-११ , समय : १५:३६:२७ , २ वर्ष अगाडि

error: Content is protected !!